National life

राष्ट्रिय स्तरका विकास बैंकले कमाए ४ अर्ब ,हेर्यौ कुन बैंकको कति नाफा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ चैत २०८१, बिहिबार
575Shares
राष्ट्रिय स्तरका विकास बैंकले कमाए ४ अर्ब ,हेर्यौ कुन बैंकको कति नाफा ?
ncell

काठमाडौँ । संचालनमा रहेको राष्ट्रिय स्तरका विकास बैंकको नाफा ४ अर्ब पुगेको छ। चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले ४ अर्ब ५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस समिक्षा अवधिमा गरिमा विकास बैंकले ८३ करोड ४८ लाख नाफा कमाएर पहिलो नम्बरमा रहन सफल भएको छ ।

Royal Enfield
nic asia capital
यस अवधिमा बैंकले २८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।

दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढेर ७८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । तेस्रो नम्बरमा साइन रेसुङ्गा बैंकको मुनाफा ८.०४ प्रतिशतले बढेर ५६ करोड ४८ लाख पुर्याउन सफल भएको छ।

त्यस्तै,महालक्ष्मी विकास बैंकको ३.४६ प्रतिशतले बढेर ४२ करोड १५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ८९ प्रतिशतले बढेर ४० करोड ६६ लाख र कामना सेवा विकास बैंकको २.४८ प्रतिशतले घटेर ३७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा ज्योति विकास बैंकले ३६ करोड र लुम्बिनी विकास बैंकले ३१ करोड नाफा गरेका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?