National life
cg eloctronics

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, दश हजार विरुवा वृक्षारोपण गरीँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
700Shares
लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, दश हजार विरुवा वृक्षारोपण गरीँदै
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो ।

कार्बन अकाउन्टिङ फाइनान्सियल (PCAF) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ। मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन CO₂ बराबर(tCO₂e) रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन्:

• व्यापार कर्जा (Business Loans): १९०,२९३.४२ tCO₂e

• परियोजना वित्त (Project Finance) - (जलविद्युत बाहेक): ७०५ .५६ tCO₂e

• गाडी कर्जा (Motor Vehicle Loans): १,५२८.९८ tCO₂e

• घर कर्जा (Mortgage Loan): ९,४८५.४६ tCO₂e

त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित २०,३४७.११ tCO₂e बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्‍याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ ।

सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन (Net Zero Emission) लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स, ऊर्जा-सदुपयोगी कर्जाहरु तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरु विस्तार गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण (3R - Reduce, Reuse, Recycle) लाई प्रोत्साहन गर्दै आएको छ।

यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १०,००० रूख रोप्ने साहसी पहल "मिसन १०००० (Mission 10K)" पनि सञ्चालन गरेको छ। यस अन्गर्गत हालसम्म लगभग ७,५०० रूखहरू रोपिई सकिएको छ । यसले जलवायु प्रति बैंकको प्रतिबद्धतालाई वास्तविक, मापनयोग्य कार्यमा बदल्नु पर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ।

यसलाइ निरन्तरता दिँदै भविष्यमा बैंकले आफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कर्जाका वर्गहरू पनि समावेश गर्ने लक्ष्य राखेको छ। यी कार्यहरू लक्ष्मी सनराइज बैंकको दिगोपन रणनीतिको अभिन्न अंग बन्न गएको छ। रिपोर्ट हेर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ: https://www.laxmisunrise.com/pcaf-partnership-for-carbon-accounting-financials-report-2023-2024/

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?