National life

विदेशी विनिमय सञ्चिति २७.८ % ले वृद्धि ,१२.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ असार २०८१, बुधबार
679Shares
विदेशी विनिमय सञ्चिति २७.८ % ले वृद्धि ,१२.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०।८१ को जेठसम्म कुल विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब बढी पुगेको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको गरेको चालु वर्षको जेठसम्मको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

यस अवधिमा देशको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई रु.१७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९ खर्ब ३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्घि भई रु.२१ खर्ब ४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०र८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?