National life

विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले बढ्यो, कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१९ चैत २०८२, बिहिबार
715Shares
विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले बढ्यो, कति पुग्यो ?
ncell

काठमाडौं। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब पुगेको छ। गत असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले बढेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई रु.३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा ४४.० प्रतिशतले वद्धि भई रु. ३७८ अर्ब ६६ करोड कायम भएको छ।

२०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.० प्रतिशत रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?