National life

विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि,१५.१ महिनाको वस्तु तथा सेवा आयात धान्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
706Shares
विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि,१५.१ महिनाको वस्तु तथा सेवा आयात धान्ने
ncell

काठमाडौं । विदेशी मुद्रा संचितिको बृद्धि भएको छ । चालु वर्षको पहिलो चार महिनामा १८ महिनाको बस्तु र १५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने भएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चिति १०।५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९।४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय संञ्चिति २०८१ असार मसान्तमा रु।१ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ४७ अर्ब २० करोड कायम भएको छ । २०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।

२०८१ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५।८ प्रतिशत, १०८ ६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाइमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयामा ९.१ प्रतिशतले वढेको छ । शोधनान्तर स्थिति रु। २०५ अर्ब ८२ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्व ७० करोड रहेको छ ।

नेपाल सरकारको खर्च रु. ४१५ अर्ब २ करोड र राजस्व परिचालन रु.३२३ अर्व २४ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२१ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?