National life

सपोर्ट लघुवित्तले ह्वात्तै बढायो नाफा, प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
641Shares
सपोर्ट लघुवित्तले ह्वात्तै बढायो नाफा, प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.२३ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम नछुट्याएका कारण खुद नाफा उल्लेख्य बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ४२.०१ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ।

९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड २० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ७३.७७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ३३ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ सापटीबाट १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?