काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्रीमा ल्याएको संस्थापक शेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता शेयर र निरसुवा गुरुङ्गको नाममा रहेको २५ हजार कित्ता रहेको छ।
बैंकले यसअघि राष्ट्र बैंकको नियमअनुसार उक्त शेयर संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्री खुला गरेको थियो। तर तोकिएको समयावधिभित्र उक्त शेयरका लागि आवेदन नपरेपछि सर्वसाधारणले समेत किन्न मिल्ने गरी बिक्री खुला गरेको हो।
सो शेयर किन्न इच्छुक लगानीकर्ताले अबको ७ दिनभित्र काठमाडौँको नक्सालस्थित कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाएर आवेदन दिन सकिने बैंकले जनाएको छ ।






































