National life
cg eloctronics

सिटिजन्स बैंक NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
1.2kShares
सिटिजन्स बैंक NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक
muktinatha bikash bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (NCHL ) बीच NPS – National Card Switch 3 Domestic Card Scheme, EFT Switch NepalPay Card  संचालनका लागि  माघ २७ गते मंगलबारका दिन सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेल र NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेको छ। यस सम्झौता अन्तर्गत सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, NCHL को EFT (Electronic Fund Transfer) Members भित्र NepalPay Card जारी गर्ने पहिलो बैंक भएको छ । यस पश्चात सिटिजन्स बैंकको ATM तथा POS Terminal हरुमा NepalPay Card साथै Discover, Diners, Pulse जस्ता International Card हरु पनि स्वीकार्य हुनेछन् । यससंगै बैंकका ग्राहकहरुले छिट्टैनै NCHL द्धारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम NepalPay Card पनि प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी. आर. एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत कस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

everest bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?