National life
cg eloctronics

सिटिजन्स सदाबहार योजनाका लागि इकाई निष्काशन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
461Shares
सिटिजन्स सदाबहार योजनाका लागि इकाई निष्काशन खुला
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट रकम रु. ५० करोडको एसआईपी समेत गर्न सकिने सिटिजन्स सदाबहार योजना सञ्चालन अनुमति प्राप्त भएपछि योजनाको इकाई निष्काशन खुला गरिएको छ ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रथम खुलामुखी योजना सञ्चालन गर्नका लागि इकाई निष्काशन खुला गरिएको हो । सिटिजन्स सदाबहार योजना सञ्चालन अनुमति प्राप्त भई यही असार १३ देखि १७ (बैंकिङ समय सम्म) गतेसम्म योजनाको इकाई निष्काशन खुला रहने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो समय सम्ममा सम्पूर्ण इकाई बिक्री नभएको अवस्थामा यही असार २७ गते बैंकिङ समय सम्म इकाई बिक्रीका लागि खुला रहनेछ । सिटिजन्स सदाबहार योजना खरिद गर्नका लागि आफ्नो मेरो शेयर खातामार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५ लाख इकाई खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । साथै, यस योजनाको प्रथम चरणमा निष्काशित इकाई बाँडफाँड पश्चात् नियमक निकायको नियमानुसार तथा स्वीकृति लिई एसआईपीमार्फत थप इकाईहरु निष्काशनको व्यवस्था समेत मिलाइनेछ ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित अन्य योजनामध्ये प्रति इकाई अंकित मूल्य रु.१० दरका ८ करोड २० लाख मात्र इकाईहरु रहेको सिटिजन्स म्युचुअल फण्ड १ नामक ७ बर्षे बन्दमुखी योजना परिपक्व भई अन्तिम प्रति इकाई खुद सम्पत्ति मूल्य रु. ११.३० मा प्रचलित कानून बमोजिम कर कट्टी समायोजन गरी इकाईधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा २०८२ जेठ २७ गतेदेखि क्रमानुसार रकम १३ प्रतिशत प्रतिफल समेत जम्मा गर्न सुरु गरिएको समेत बैंकले जनाएको छ ।

सिटिजन्स म्युचुअल फण्ड १ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षहरुमा वितरण गरिएको प्रतिफल समेत प्रति इकाई लगानीको औषत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रथम ७ बर्षे बन्दमुखी योजना सिटिजन्स म्युचुअल फण्ड १ लाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग पु¥याउने सम्पूर्ण इकाईधनी, नियमन निकायलाई कोष व्यवस्थापकको तर्फबाट धन्यवाद ज्ञापन समेत गरिएको छ ।

भौतिक रुपमा इकाई धारण गरी हालसम्म पनि अभौतिकीकरण नगराउनु भएका इकाईधनीले रकम फिर्ता भुक्तानी (प्रतिफल समेत) प्राप्त गर्नका लागि यस सिटिजन्स क्यापिटल लिमिटेडमा वास्तविक तीनपुस्ते विवरण तथा आफ्नो खाता रहेको बैंकको नाम, खाता नं. र हितग्राही खाता नं. स्पष्टसँग उल्लेख गरी निवेदन पेश गर्नुपर्ने हुनछ ।

आफ्नो इकाई धितोमा राखी कर्जा सुविधा उपभोग गर्नुभएका इकाईधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट धितो राखेको इकाईको संख्या समेत खुल्ने गरी फुकुवा पत्र सिटिजन्स क्यापिटलमा पेश गरे पश्चात् इकाईधनीको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने जनाइएको छ । साथै, विगतका आर्थिक वर्षमा वितरण गरेको प्रतिफल समेत हालसम्म विभिन्न कारणबस प्राप्त गर्न नसकेका इकाईधनीले आ–आफ्नो डिम्याट खातामा बैंक खाता नं. समेत अद्यावधिक गराउन अनुरोध गरिएको छ ।

nic asia capital

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा सिईओ सबिर बादे श्रेष्ठ रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीको सह–लगानी रहेको छ ।

काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । काठमाडौं बाहिरका लगानीकर्ताले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गरी ईच्छुक लगानीकर्तालाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?