काठमाडौँ । युवा बैंकर सुजितकुमार शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त भएका छन् ।
सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।
शाक्य हाल नवील बैंकको वरिष्ठ डेपुटी सीईओ छन् । उनले नवील बैंकमा कामू सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
शाक्यले सोमबार नै नवील बैंकको वरिष्ठ डेपुटी सीईओबाट राजीनामा दिएका छन् ।
नवील जानुअघि उनी ग्लोबल आईएमई बैंकमा थिए । उनी जनता बैंकको समेत डीसीईओको रुपमा काम गरेका थिए । जनता ग्लोबलमा मर्ज भएपछि उनी पनि ग्लोबल पुगेका थिए । जनता बैंक जानुअघि उनले सिभिल बैंकमा पनि काम गरेका थिए ।


































