National life

सूर्यदर्शन सहकारी प्रकरण: आदेश आउने सम्भावना बढेसँगै एकाएक बढाइयो सुरक्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ पुस २०८१, बिहिबार
737Shares
सूर्यदर्शन सहकारी प्रकरण: आदेश आउने सम्भावना बढेसँगै एकाएक बढाइयो सुरक्षा
ncell

काठमाडौँ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित बनाएको छ ।

आज रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस हुने भएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ। जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले  सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?