काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले गत वर्षको नाफबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । हालसम्म नेप्सेमा सूचीकृत म्युचुअल फन्डसहित ४२ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । यसअवधिमा ७ वाणिज्य बैंक, २ विकास बैंक, ४ लघुवित्त कम्पनी, एक होटल, एक उत्पादनमूलक कम्पनी, एक जलविद्युत् कम्पनी र बाँकी म्युचुअल फन्डले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।
हालसम्म गत आर्थिक वर्षको नाफाबाट ७ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।
त्यस्तै गत आर्थिक वर्षको नाफाबाट हालसम्म २ विकास बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घेषणा गर्नेमा सांग्रिला र शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेका छन् ।
त्यस्तै ,नेप्सेमा सूचीकृत ४ लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा यूनिक नेपाल लघुवित्त रहेको छ । यी सबै कम्पनीरुले बुक क्लोज र साधारण सभाको मिति भने तय गर्न बाँकी रहेको छ ।
जलविद्युत समूहअन्र्तगत सानिमा माई हाइड्रोपावरले मात्रै लाभांश घोषणा गरेको छ । यस हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्दैछ । कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गरिसकेको छ ।
होटल समूहअन्तर्गत ओरियन्टल होटल्सले मात्रै लाभांश प्रस्ताव गरेको छ । यसले हाल कायम चुक्ता पुँजीको ५.२६३२% नगद लाभांश (करसहित) वितरण गरेको छ ।
हालसम्म उत्पादनमूलक समूहअन्तर्गत युनिलिभर नेपालले मात्रै लाभांश घोषणा गरेका छन् । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १५८० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यसले हालसम्मको सबैभन्दा धेरै प्रतिफल घोषणा गरेको हो ।
यस्तैगरी गत आर्थिक वर्षको नाफाबाट सनराइज फस्ट म्युचुअल फन्डले १६, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ६.५, सिद्धार्थ इक्विटी फन्डले ५, सिटिजन्स म्युचुअल फन्ड–२ ले ८, सिटिजन्स क्यापिटलले १२, एनएमबि हाइब्रिड फन्ड एल–१ ले १५, ग्लोबल आइएमई ब्यालेन्स फन्ड–१ ले ५, सानिमा इक्विटी फन्डले १८ र चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।
यस्तै एनएमबि–५० ले १५, आरबिबि मर्चेन्ट बैंकिङले १३.१६, प्रभु सेलेक्ट फन्डले ९.५ प्रतिशत, प्रभु क्यापिटलले ६.३१, एनआईसी एसिया डाइनामिक डेप्थ फन्डले १०, एनआईसी एसिया ग्रोथ फन्डले १०.५, एनआईसी एसिया ब्यालेन्स फन्डले १०, एनआईबिएल सहभागी फन्डले ४ र एनआईबिएल प्रगति फन्डले ६.८ प्रतिशत प्रतिफल दिने घोषणा गरेका छन् ।
नबिल ब्यालेन्स फन्ड–२ ले ९.६, कुमारी धनवृद्धि योजनाले ६, कुमारी क्यापिटलले १५, लक्ष्मी उन्नती कोषले ९.५, लक्ष्मी इक्विटी फन्डले ८ र कुमारी इक्विटी फन्डले १० प्रतिशत प्रतिफल दिने भएका छन् ।


































