National life

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१२ असोज २०८३, सोमबार
364Shares
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ncell

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त हुनुभएको छ । गत भाद्र ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागु हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी चार वर्षको सेवाकाल आजको मितिबाट सम्हाल्नु भएको छ ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गर्नुभएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी हुनुहुन्छ ।

Royal Enfield
nic asia capital
डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित नवप्रवर्तन विकासका क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्नुकासाथै, टोलीको नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउन उहाँसँग उल्लेखनीय अनुभव रहेको छ ।

बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका शर्माको नेतृत्वले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । इसेवा सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञता कम्पनीको आगामी रणनीतिक प्राथमिकतालाई प्रभावकारी रूपमा अघि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

इसेवाले विगतदेखि हासिल गर्दै आएको उपलब्धिलाई निरन्तरता दिँदै बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्वपूर्ण हुने विश्वास इसेवा सञ्चालक समितिले लिएको छ ।

निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । वि.सं. २०७९ असोज १२ मा इसेवाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएका खड्काले आफ्नो कार्यकाल सफलतापूर्वक रूपमा पूरा गर्नुभएको हो ।

खड्काको व्यवस्थापकीय नेतृत्वमा इसेवाले आफ्नो सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरालाई उल्लेख्य रूपमा विस्तार गरेको छ । उहाँको कार्यकालमा इसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनुका साथै नयाँ प्रडक्ट तथा फिचरहरूको निर्माण, नवप्रवर्तन तथा डिजिटल सेवाको विस्तारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । उहाँको कार्यकालमा इसेवामा दर्ता हुने प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख र मर्चेन्टको सङ्ख्या ६ लाख नाघेको छ ।

आफ्नो कार्यकालमा उहाँले इसेवालाई थप समावेशी, अत्याधुनिक र प्रयोगकर्तामैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, इन्सुरेन्स प्रडक्ट र विविध लाइफस्टाइल फिचरहरूको विस्तारमार्फत डिजिटल भुक्तानी र वित्तीय व्यवस्थापनलाई सहज, सुरक्षित र बहुआयामिक बनाउन उहाँले सफल नेतृत्व प्रदान गर्नुभएको छ ।

साथै, उहाँको नेतृत्वमा दृष्टिविहीन नागरिकका लागि ’टकब्याक’ फिचर तथा सर्वसाधारणको सहजताका लागि नेपाली भाषामा एप सञ्चालन गरी वित्तीय सेवालाई पहुँचयोग्य बनाइएको छ । इसेवा व्यवस्थापनको नेतृत्वमा रहेर खड्काले कम्पनीको व्यावसायिक वृद्धि, डिजिटल वित्तीय सेवाको विस्तार, समावेशी वित्तीय पहुँच तथा ग्राहककेन्द्रित नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

उहाँको नेतृत्वमा इसेवाले आफ्नो ब्रान्ड प्रमिस “सबै. सधैँ. सँगैँ.” लाई आत्मसात् गर्दै डिजिटल सेवाको पहुँच विस्तार, नवीन प्रडक्ट तथा सेवाको विकास र समावेशी डिजिटल वित्तीय अनुभव निर्माणमा निरन्तर काम गर्दै आएको छ । उहाँको कार्यकालमा हासिल भएका उपलब्धिहरूले इसेवाको आगामी यात्राका लागि थप बलियो आधार तयार गरेको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
364SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?