National life

एभरेष्ट बैंकले बोलायो साधारण सभा, लाभांश पाउन कहिलेसम्म सेयर किन्नुपर्ने?

लाभांश पारित गर्न एभरेष्ट बैंकको साधारण सभा, बुक क्लोज मिति तोकियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१५ दिन अगाडि|१९ भदौ २०८३, शुक्रबार
1.1kShares
एभरेष्ट बैंकले बोलायो साधारण सभा, लाभांश पाउन कहिलेसम्म सेयर किन्नुपर्ने?
ncell

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश वितरणलगायतका प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी असोज १४ गते साधारण सभा गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे सुरु हुनेछ। सभामा सञ्चालक समितिका अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ।

सभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

बोनस सेयर जारी भएपछि बैंकको चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ।

यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा राखिएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?