National life
cg eloctronics

बैंक तथा वित्तीय क्षेत्रमा एआई सुरक्षा चुनौतीबारे अनुसन्धान गर्न ग्लोबल ग्रान्ट घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|१८ कात्तिक २०८३, बुधबार
4.2kShares
बैंक तथा वित्तीय क्षेत्रमा एआई सुरक्षा चुनौतीबारे अनुसन्धान गर्न ग्लोबल ग्रान्ट घोषणा
muktinatha bikash bank

काठमाडौँ । नेपालको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल) ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ । आधुनिक समयमा वित्तीय क्षेत्रमा एआईको तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, डेटा गोपनीयताका जटिल चुनौती तथा नियमनकारी मापदण्डको पालनालाई व्यवस्थित र न्यूनीकरण गर्ने उद्देश्यसहित यो अनुसन्धान अनुदान कार्यक्रम ल्याइएको हो ।

काठमाडौँमा हालै आयोजित एक कार्यक्रमका बीच संस्थाले यस ग्रान्टको उद्देश्य तथा प्राथमिकताका क्षेत्रहरू सार्वजनिक गरेको छ । संस्थाले अनुसन्धान, नियमनकारी निकाय र वित्तीय उद्योगहरूबीच त्रिपक्षीय बलियो सहकार्य स्थापित गर्दै नेपाललाई सुरक्षित, नैतिक र सबल एआई प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने दूरदृष्टि अघि सारेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसैगरी, वित्तीय क्षेत्रलाई अत्याधुनिक एआई सुरक्षा ढाँचाद्वारा सशक्त बनाउने, नेपालमै दिगो अनुसन्धान तथा विकास (आरएन्डडी) इकोसिस्टमको निर्माण गर्ने र अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्दै वित्तीय जोखिमलाई न्यून विन्दुमा झार्ने यस ग्रान्टको मुख्य लक्ष्य रहेको छ ।

यस अनुसन्धान अनुदानले वित्तीय क्षेत्रका चार मुख्य आयामहरूलाई उच्च प्राथमिकतामा राखेको सीएसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीले बताउनुभयो । उहाँका अनुसार वित्तीय जोखिम न्यूनीकरण गर्न डिजिटल ठगी नियन्त्रण, ग्राहकको डिजिटल परिचय चोरी (आइडेन्टिटी थेफ्ट) रोक्न र स्वचालित रूपमा हुने वित्तीय कारोबारलाई पूर्ण सुरक्षित बनाउन एडभान्स्ड एआई मोडेलहरूको विकास गरिनेछ ।

everest bank

त्यसैगरी, नेपालको विद्यमान नियमनकारी व्यवस्थाअनुसार ग्राहकको गोपनीयता अक्षुण्ण राख्न ‘फेडरेटेड लर्निङ’ जस्ता आधुनिक एआई प्रविधिको प्रवर्द्धन गर्ने, अनुसन्धानमार्फत नेपालका युवा डेटा वैज्ञानिक, अनुसन्धानकर्ता र साइबर सुरक्षाविद्हरूलाई व्यावहारिक अवसर दिँदै स्वदेशी दक्ष जनशक्ति उत्पादन गर्ने तथा नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायहरूलाई तथ्यपरक नीति निर्माणमा अनुसन्धानमा आधारित सुझाव उपलब्ध गराउने प्राथमिकता निर्धारण गरिएको अध्यक्ष डा. पराजुलीले जानकारी दिनुभयो ।

यो ‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ को कन्सेप्चुअल फ्रेमवर्क सीएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी, सिएआरई नेपालका बरिष्ठ उपाध्यक्ष प्रा.डा. गजेन्द्र शर्मा, सचिवद्वय सरला कार्की र बन्दना शर्मा,कार्यसमिति सदस्य शान्तिकला सुवेदी तथा सदस्य संगम न्यौपानेले संयुक्त रूपमा तयार पारेका हुन् ।

संस्थाले यस ग्रान्टअन्तर्गत मुख्य चारवटा अनुसन्धान क्षेत्र र तिनबाट हासिल हुने अपेक्षित उपलब्धिहरूलाई समेत प्रस्ट पारेको छ । पहिलो, ‘एआई थ्रेट इन्टेलिजेन्स’ मार्फत एआईमा आधारित साइबर खतराहरूको वास्तविक समयमै निगरानी गरी बैंकहरूका लागि स्वचालित खतरा पहिचान प्रणाली विकास गरिनेछ । दोस्रो, ‘डेटा गभर्नेन्स’ अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी सुरक्षित र गोपनीयता-मैत्री वित्तीय डेटा प्रशोधन ढाँचा तयार पारिनेछ । तेस्रो, ‘वित्तीय ठगी नियन्त्रण’ को क्षेत्रमा शंकास्पद कारोबारहरूको पूर्वअनुमान गरी सम्भावित वित्तीय नोक्सानी रोक्ने र ग्राहकको विश्वास बढाउने लक्ष्य लिइएको छ । चौथो, ‘नैतिक एआई’ (एथिकल एआई) मार्फत कर्जा मूल्यांकन तथा बैंकिङ सेवाहरूमा एआई प्रणालीलाई पारदर्शी, निष्पक्ष र जवाफदेही बनाइनेछ ।

यो अनुसन्धान कार्यक्रमले समग्र वित्तीय क्षेत्रको कार्यप्रणालीमा दीर्घकालीन र सकारात्मक रूपान्तरण ल्याउने सीएसआरआई नेपालको विश्वास छ । यसले परम्परागत सुरक्षा विधिको सट्टा पूर्वानुमानमा आधारित स्वचालित र आधुनिक सुरक्षा प्रणाली लागू गर्न सहज बनाउनेछ ।

साथै, ग्राहकका संवेदनशील वित्तीय विवरणहरूको सुरक्षा सुनिश्चित भई बैंकहरूप्रतिको विश्वास मजबुत हुने, स्वचालित जोखिम व्यवस्थापनका कारण सञ्चालन खर्च घट्ने र केन्द्रीय बैंकका निर्देशन एवं अन्तर्राष्ट्रिय साइबर सुरक्षा मापदण्डहरूको पालना गर्न संस्थाहरूलाई प्राविधिक सहजता मिल्नेछ ।

विदेशी प्रविधि र बाह्य अनुसन्धानमाथिको निर्भरता हटाउँदै स्वदेशमै अनुसन्धानको बलियो वातावरण निर्माण गर्न यो पहल महत्त्वपूर्ण आधार बन्ने देखिएको छ । यसले विश्वविद्यालयका प्राज्ञिक अनुसन्धानकर्ताहरूलाई बैंक तथा वित्तीय क्षेत्रका वास्तविक समस्या समाधानमा प्रत्यक्ष रूपमा जोड्नेछ भने उच्चस्तरीय अनुसन्धान अवसर प्रदान गरी स्वदेशी दक्ष जनशक्तिलाई देशमै टिकाउन टेवा पुर्‍याउनेछ । विदेशी विज्ञहरूसँगको सहकार्यले ज्ञान र प्रविधि हस्तान्तरणलाई समेत तीव्र बनाउनेछ ।

यस अनुसन्धान अनुदानमा सहभागी हुन तथा आवेदन दिन इच्छुक अनुसन्धानकर्ता, विज्ञ र विद्यार्थीहरूले संस्थाको आधिकारिक वेबसाइट लिङ्क https://csrinepal.org.np/globalresearchgrant मा गएर आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् ।

"आर्टिफिसियल इन्टेलिजेन्स (AI) बाट हुने वित्तीय तथा डिजिटल ठगी नियन्त्रण गर्न र गहन अनुसन्धानमार्फत उद्योग क्षेत्रका जटिल समस्याहरू समाधान गर्न 'बाइट ग्लोबल रिसर्च ग्रान्ट २०२६' (Byte Global Research Grant 2026) पहल अत्यन्तै महत्वपूर्ण छ।" प्रा.डा. सुवर्ण शाक्य, निवर्तमान अध्यक्ष, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल (CSRI Nepal)

यो समाचार शेयर गर्नुहोस्
4.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?