National life

५ वर्षसम्म नलिएको लाभांश/फिर्ता रकम दाबी गर्न नेपाल एसबीआई बैंकको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
1.1kShares
५ वर्षसम्म नलिएको लाभांश/फिर्ता रकम दाबी गर्न नेपाल एसबीआई बैंकको आग्रह
ncell

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले विगत पाँच वर्षदेखि संकलन हुन बाँकी रहेको नगद लाभांश तथा विभिन्न शेयरसम्बन्धी फिर्ता रकम दाबी गर्न शेयरधनी तथा लगानीकर्तालाई आग्रह गरेको छ।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०५२/५३ देखि २०७६/७७ सम्म पारित नगद लाभांशमध्ये केही लगानीकर्ताले अझै संकलन नगरेको उल्लेख गरिएको छ। साथै, आईपीओ, एफपीओ, हकप्रद शेयर तथा लिलाम प्रक्रियामा आवेदन दिएका तर बाँडफाँटमा नपरेका वा आंशिक परेको कारण फिर्ता हुनुपर्ने रकम पनि केहीले नलिएको बैंकले जनाएको छ।

कम्पनी ऐन, २०६३ तथा लगानीकर्ता संरक्षण कोषसम्बन्धी कार्यविधिअनुसार पाँच वर्षसम्म पनि नलिएको यस्तो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी बैंकले दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाँकी रहेको लाभांश तथा फिर्ता रकम दाबी गर्न सम्बन्धित शेयरधनी तथा लगानीकर्तालाई नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, कमलादी, काठमाडौंमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ। साथै, विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?