National life

विदेशबाट कमाएको पैसा खर्च गर्न नयाँ सुविधा, कार्डको सीमा दोब्बर बनायो राष्ट्र बैंकले

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
467Shares
विदेशबाट कमाएको पैसा खर्च गर्न नयाँ सुविधा, कार्डको सीमा दोब्बर बनायो राष्ट्र बैंकले
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत विदेशमा सेवा बिक्री गरी विदेशी मुद्रा आर्जन गर्ने नेपाली नागरिक तथा संस्थाले कार्डमा राख्न र विदेशमा खर्च गर्न पाउने सीमा दोब्बर बनाएको छ।

विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा ५ हजारबाट बढाएर १० हजार अमेरिकी डलर पुर्‍याएको हो।

अब सफ्टवेयर, डिजिटल सामग्रीलगायत सेवा निर्यातबाट प्राप्त रकम कार्डमा १० हजार डलरसम्म राख्न सकिनेछ। विदेशमा वस्तु तथा सेवा खरिदका लागि पनि वार्षिक १० हजार डलरसम्म खर्च गर्न पाइनेछ।

Royal Enfield
nic asia capital

यसैगरी, उच्च क्रेडिट रेटिङ भएका देशका विदेशी सरकारी ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले कुल एजेन्सी मौज्दातको ५० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्। यसअघि यस्तो सीमा ४० प्रतिशत थियो।

आईटी, कृषि, उत्पादन, पूर्वाधार, पर्यटन र ऊर्जा क्षेत्रमा विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि बैंकले अधिकतम ५ वर्ष अवधिका वित्तीय उपकरणमा लगानी गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?