काठमाडौं । रसुवामा आएको भीषण बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पुर्याएको छ।
बाढीबाट ९ वटा वाणिज्य बैंक, ४ देखि ५ वटा विकास बैंक र एक वित्त कम्पनी प्रभावित भएका छन्।
बाढीले कतिपय शाखाका भवन, फर्निचर, उपकरणलगायत भौतिक संरचना बगाएको छ। त्यस्तै, बैंकमा कार्यरत केही कर्मचारी तथा उनीहरूका परिवारका सदस्यसमेत सम्पर्कविहीन भएका छन्।
स्रोतका अनुसार करिब २५ जना बैंक कर्मचारी सम्पर्कविहीन छन्।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थामा भएको क्षतिको विवरण संकलन भइरहेको छ। सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको उनले बताए।

































