National life

बाढीमा दसैँ–तिहारका लागि ल्याइएका ७८३ चिनियाँ गाडी बगे, कुन कम्पनीका कति ?

बाढीबाट सबैभन्दा बढी क्षति बीवाईडीका गाडीमा भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
1.4kShares
बाढीमा दसैँ–तिहारका लागि ल्याइएका ७८३ चिनियाँ गाडी बगे, कुन कम्पनीका कति ?
ncell

काठमाडौं । रसुवामा आएको भीषण बाढीले दसैँ–तिहारलाई लक्षित गर्दै चीनबाट आयात गरिएका ७८३ वटा नयाँ गाडी बगाएको छ। चिनियाँ गाडी आयातको प्रमुख केन्द्रका रूपमा रहेको रसुवा नाकामा बाढीपछि ठूलो क्षति पुगेको हो।

बाढीबाट सबैभन्दा बढी क्षति बीवाईडीका गाडीमा भएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका अनुसार कम्पनीका २५० वटा नयाँ गाडी बाढीले बगाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सका १८० वटा गाडी बाढीमा बगेका छन्। ओमोडाका ६५, फोटोनका ६० तथा एमएडब्लू वृद्धिका ८० वटा गाडीमा समेत बाढीले क्षति पुर्‍याएको छ।

यसैगरी, शशीला मोटर्सका ३३ वटा गाडी पनि बाढीले बगाएको जनाइएको छ। बीएआइसी, आर्कफक्स, स्काइवेल र म्याक्ससलगायत अन्य ब्रान्डका करिब ४० वटा गाडीसमेत बाढीमा परेका छन्।

दसैँ तथा तिहारजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी ठूलो संख्यामा नयाँ गाडी आयात गरिएका बेला आएको बाढीले व्यवसायीलाई ठूलो क्षति पुर्‍याएको छ। रसुवा नाकामा बाढीपछि गाडी पार्किङ तथा आयातसँग सम्बन्धित क्षेत्रमा समेत व्यापक क्षति भएको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?