National life

नेपाल एसबिआर्ई बैंकको खुद नाफा र पूँजी पर्याप्ततामा सुधार, निष्क्रिय कर्जा घट्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
1.6kShares
नेपाल एसबिआर्ई बैंकको खुद नाफा र पूँजी पर्याप्ततामा सुधार, निष्क्रिय कर्जा घट्यो
ncell

नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ, जस अनुसार बैंकले रु. २.०४ अर्ब खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्षको सोही अवधिको तुलनामा १२.८९% को वृद्धि हो ।

बैंकको प्रति सेयर आम्दानीमा समेत १२.८९ प्रतिशतले वृद्धि भई रु.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१८.०४ पुगेको छ। साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा ४३ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८३ असार मसान्तमा २.९२% मा ल्याएकोे छ, जुन २०८२ असार मसान्तमा ३.३५% रहेको थियो ।

त्यसैगरि, बैंकले आफ्नो खुद ब्याज आम्दानी, २०८२ असार अन्त्यको तुलनामा १.३०% ले वृद्धि गर्दै रु.५२६.६० करोडबाट २०८३ असारको अन्त्यमा रु. ५३३.४३ करोड पुर्याएको छ । त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८२ असार अन्त्यको तुलनामा १८.६९% ले वृद्धि गर्दै रु. १६९.०९ करोडबाट २०८३ असारको अन्त्यमा रु. २००.६९ करोड पुर्याएको छ।

बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात , २०८२ असार मसान्तको १२.७५ % बाट वृद्धि गरि २०८३ असारको अन्त्यमा १३.७४% पुर्याएको छ, जुन ९९ आधार बिन्दुको वृद्धि हो । बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.१८% बाट घटाएर ४.०६% मा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ११२ आधार बिन्दुले कम हो ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?