National life

नेपाल एसबिआई बैंकको वित्तीय विवरण सार्वजनिक, खुद नाफामा वृद्धि, निष्क्रिय कर्जा घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१५ वैशाख २०८३, मङ्गलबार
1.1kShares
नेपाल एसबिआई बैंकको वित्तीय विवरण सार्वजनिक, खुद नाफामा वृद्धि, निष्क्रिय कर्जा घट्यो
ncell

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ, जस अनुसार बैंकले रु. १.४६ अर्ब खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्षको सोही अवधिको तुलनामा २१.४९% को वृद्धि हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा १५३ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८२ चैत्रको अन्त्यमा २.५३% मा ल्याएकोे छ, जुन २०८१ चैत्रको अन्त्यमा ४.०६% रहेको थियो ।

त्यसैगरि, बैंकले आफ्नो खुद ब्याज आम्दानी, २०८१ चैत्र अन्त्यको तुलनामा ९.४६% ले वृद्धि गर्दै रु.३५३.५० करोडबाट २०८२ चैत्रको अन्त्यमा रु. ३८६.९४ करोड पुर्याएको छ । त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८१ चैत्र अन्त्यको तुलनामा २७.४२% ले उल्लेख्य वृद्धि गर्दै रु.१२०.७२ करोडबाट २०८२ चैत्रको अन्त्यमा रु. १५३.८३ करोड पुर्याएको छ ।

बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात (CAR), २०८१ चैत्रको अन्त्यमा १२.४४% बाट वृद्धि गरि २०८२ चैत्रको अन्त्यमा १३.७६% पुर्याएको छ, जुन १३२ आधार बिन्दुको वृद्धि हो । बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.३५% बाट घटाएर ४.११% मा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२४ आधार बिन्दुले कम हो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?