National life

सुनचाँदी धितोमा कर्जा बढ्यो, कुन बैंकले कति रकम दिए ?

सुनचाँदी धितोमा बैंकहरूको कर्जा ५२ प्रतिशतले बढ्यो, कुन बैंकको कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ असोज २०८३, शुक्रबार
367Shares
सुनचाँदी धितोमा कर्जा बढ्यो, कुन बैंकले कति रकम दिए ?
ncell

काठमाडौं । सुनको मूल्य बढेसँगै बैंकबाट सुनचाँदी धितो राखेर कर्जा लिने क्रम पनि बढेको छ। चालु आर्थिक वर्षको साउन मसान्तसम्म वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको साउन मसान्तसम्म यस्तो कर्जा ७७ अर्ब ७५ करोड २८ लाख रुपैयाँ रहेको थियो। एक वर्षमा सुनचाँदी धितो कर्जा ४० अर्ब ५९ करोड ६३ लाख रुपैयाँले बढेको हो।

Royal Enfield
nic asia capital
प्रतिशतका आधारमा यस्तो कर्जा ५२.२१ प्रतिशतले वृद्धि भएको छ।

सुनको मूल्य बढ्दा धितोको मूल्यांकनसमेत बढ्ने भएकाले ग्राहकले सोही आधारमा बढी कर्जा लिन सक्ने अवस्था बनेको छ। पछिल्लो समय कर्जाको ब्याजदर घटेको अवस्थामा सुन धितो राखेर ऋण लिने ग्राहकसमेत बढेको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।

अन्य धितोको तुलनामा सुनचाँदी धितो कर्जा बैंकका लागि केही खर्चिलो हुने गरेको छ। सुन परीक्षण, मूल्यांकन तथा सुरक्षित भण्डारणका लागि अतिरिक्त लागत लाग्ने भएकाले सबै बैंक यस प्रकारको कर्जा प्रवाहमा सक्रिय छैनन्।

हाल नेपालमा २० वटा वाणिज्य बैंक सञ्चालनमा रहेकामा १५ वटा बैंकले मात्रै सुनचाँदी धितो राखेर कर्जा प्रवाह गरेका छन्। यसमध्ये दुई सरकारी बैंकको हिस्सा उल्लेख्य रहेको छ।

सुनचाँदी धितोमा सबैभन्दा धेरै कर्जा नेपाल बैंकले प्रवाह गरेको छ। साउन मसान्तसम्म बैंकले ५५ अर्ब ३९ करोड ८२ हजार रुपैयाँ कर्जा दिएको छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ४२ अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा ९ वटा वाणिज्य बैंकको सुनचाँदी धितो कर्जा बढेको छ भने ६ वटा बैंकको घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
367SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?