National life

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट,३२५ जनाको आवेदन रद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
723Shares
उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट,३२५ जनाको आवेदन रद्ध
ncell

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँट भएको छ । एक समारोहका बीच सिद्धार्थ क्यापिटल लिमीटेडले एफपीओ बाँडफाँट गरेको हो ।

यो लघुवित्तले सर्वसाधारणका लागि कात्तिक २१ देखि २४ गतेसम्म साधारण सेयरको थप निश्कासन(एफपीओ) गरेको थियो । कम्पनीले १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ सर्वसाधारणका लागि निश्कासन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाँडफाँटका क्रममा १० कित्ताको दरले १७ हजार ८४५ आवेदकले एफपीओ पाएका छन् । एकजनाले थप एक कित्ता र अर्को एकजनाले ०.१८ थप कित्ता पाएका छन् ।

यो एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३२५ जनाको आवेदन रद्ध भएको थियो ।

कुल १ करोड १७ लाख २० हजार ८६० कित्ता खरीदका लागि आवेदन परेको थियो । यसरी हेर्दा एफपीओ खरीदका लागि आवेदन दिएकामध्ये १.६६ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ९८.३३ प्रतिशतको हात खालि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?