National life

एनआईसी एसिया बैंकको ऋणीलाई राहात, कर्जाको अधिकतम प्रिमियम अब ३% मात्रै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
572Shares
एनआईसी एसिया बैंकको ऋणीलाई राहात, कर्जाको अधिकतम प्रिमियम अब ३% मात्रै
ncell

काठमाडौं । एनआईसी एसिया बैंकले ऋणी ग्राहकलाई राहात हुने हिसाबले कर्जाको अधिकतम प्रिमियम अब ३ प्रतिशतमात्रै लिइने जनाएको छ।

बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरिएको जनाएको हो। यस सहुलियतपश्चात यसअघि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको बैंकले जनाएको छ।

बैंकको मंसिर महिनाको औसत आधारदर १०.७ प्रतिशत रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरु जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जामा लागू हुने व्यवस्था गरिएको छ। आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई उनीहरुलाई कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास लिएको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकमध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६५६ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?