काठमाडौँ । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ९० हजार २९६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनी मात्रै आवेदन दिन सक्नेछन्। यसका लागि अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।
निवेदन प्राप्त भएपछि खरिदकर्ता र बिक्रेताको आपसी सहमतिमा प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। साथै यस अवधिभित्र संस्थापक शेयर धनीबाट उक्त शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

































