National life

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी स्थगन: यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ माघ २०८१, मङ्गलबार
665Shares
कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी स्थगन: यस्तो छ कारण
ncell

काठमाडौँ । राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानीको कार्य फेरि स्थगन गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै माघ ८ गतेदेखि ११ गतेसम्म निक्षेप भुक्तानीको कार्य स्थगन भएको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाले कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भइरहेकोमा हाल तरलता व्यवस्थापन तथा नियमित कार्य सञ्चालनको काम भइरहेकाले निक्षेप भुक्तानीको कार्य स्थगन भएको जनाएका छन् ।

निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी गर्ने कार्यलाई यस समूहले पहिलो प्राथमिकतामा राखी कार्य गरिरहेको र नियमानुसार क्रमशः भुक्तानी हुने सूचनामा उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गर्दै आएको छ ।

यसअघि बैंकले एक पटक भुक्तानी प्राप्त गर्ने निक्षेपकर्तालाई ७ दिन वा बढीको अन्तरालमा मात्र पुनः भुक्तानी गर्ने जनाएको थियो । समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकको व्यवस्थापन समूहले सो बैंकलाई गत पुस ११ देखि नै आफ्नो नियन्त्रणमा लिएको हो । बैंकले गत पुस १७ गतेदेखि निक्षेप फिर्ता गर्न थालेको थियो । यसबिचमा पनि तरलता व्यवस्थापनका लागि भन्दै निक्षेप भुक्तानी कार्य स्थगन गरेको थियो ।

राष्ट्र बैंकले उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समूह पठाएको छ। समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा सदस्य  रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?