National life

बैंकिङ ठगी प्रकरण: कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओसहित ३ जना समातिए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२२ साउन २०८३, शुक्रबार
1.4kShares
बैंकिङ ठगी प्रकरण: कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओसहित ३ जना समातिए
ncell

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा अर्बौं रुपैयाँको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले पूर्व सीईओसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन प्रबन्धक दीपा थापालाई नेपालगन्जबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूमाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धानबाट बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आवश्यक आन्तरिक प्रक्रिया पालना नगरेको, कमजोर वा नक्कली धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्यांकन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको आशंका गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस प्रकरणमा तत्कालीन व्यवस्थापन तहका पदाधिकारीहरूको भूमिकालाई पनि केन्द्रीय रूपमा अनुसन्धान गरिँदैछ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को छानबिनपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरअन्तर्गत नेपालगन्ज वाणिज्य इजलासमा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरिसकेको छ। उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ, जसमा केही पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार छन्।

अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायत रहेका छन्।

बैंकको वित्तीय अवस्था लगातार कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?