National life

ग्लोबल आइएमई क्यापिटलको विशेष साधारणसभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
629Shares
ग्लोबल आइएमई क्यापिटलको विशेष साधारणसभा सम्पन्न
ncell

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बिओेके क्यापिटल मार्केटलाई गाभ्ने प्रयोजनका लागि बोलाइएको विशेष साधारणसभा सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक लि.को सहायक कम्पनी ग्लोबल आइएमई क्यापीटल लि.ले कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सञ्चालन भई विगत १५ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्लोबल आइएमई बैंक लि. र साविक बैंक अफ काठमाण्डु लि. एक आपसमा गाभिई मिति २०७९ पुष २५ गतेदेखि एकीकृत रुपमा वित्तीय कारोबार सञ्चालन भैसकेको अवस्थामा नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर वा एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नुपर्ने र सो कार्य बैंकहरु गाभिएको ६ महिनाभित्र सम्पन्न गरी एक मात्र सहायक कम्पनी कायम गरी सक्नु पर्ने व्यवस्था रहेकाले ग्लोबल आइएमई क्यापीटल लि. र बि.ओ.के. क्यापिटल मार्केट लि. एक आपसमा गाभिई एउटै कम्पनी बनाउने प्रयोजनको निमित्त आज आईतबारको दिन सम्पन्न भएको विशेष साधारण सभाले बि.ओ.के. क्यापिटल मार्केट लि.लाई गाभ्ने प्रस्ताव सर्वसम्मतीका साथ पारित गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?