काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटलको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा मन्दिप लुइँटेल नियुक्त भएका छन्।
कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो।
सप्तरीको राजविराज निवासी लुइँटेल यसअघि सानीमा क्यापिटलमा इन्भेस्टमेन्ट बैंकिङको प्रमुखका रुपमा कार्यरत थिए।
भारतबाट एमबीए गरेका लुँइटेलले काठमाण्डौ विश्वविद्यालयबाट ईन्जिनियरिङमा स्नातकोत्तर तहको उपाधि हासिल गरेका छन् ।
कम्पनीका सीईओ पारसमणि ढकालको कार्यालय सकिएपछि सीईओ पद रिक्त थियो ।


































