National life

बैंकहरुले गत वर्ष कति बाँडे कर्मचारीलाई बोनस ?(सुची सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० भदौ २०८१, सोमबार
1.1kShares
बैंकहरुले गत वर्ष कति बाँडे कर्मचारीलाई बोनस ?(सुची सहित)
ncell

काठमाडौं। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुलाई ९ अर्ब ६७ करोड १२ लाख ४० हजार रुपैयाँ बराबरको बोनस बाँडेका छन् । बैंकहरुले यस्तो प्रतिकुल अवस्थामा पनि कर्मचारीलाई बोनस दिन सफल भएका छन् । जसमध्ये नबिल बैंकले कर्मचारीलाई सबैभन्दा धेरै १ अर्ब ८ करोड रुपैयाँ बोनस दिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरुको गत असारसम्मको रिपोर्टमा प्रोभिजन फर स्टफ बोनस शीर्षकमा उक्त तथ्यांक देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दोस्रोमा, ग्लोबल आइएमई बैंकले ९५ करोड १९ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ८१ करोड ५८ लाख, प्रभुले ७८ करोड ३८ लाख, एभरेष्टले ६२ करोड १९ लाख, प्राइमले ६० करोड ३१ लाख र स्टान्डर्ड चार्टर्डले ५२ करोड ५२ लाख रुपैयाँ बोनस बाँडेको छ । जम्मा ७ वटा बैंकहरुले मात्र ५० करोड भन्दा धेरै बोनस दिएका छन् ।

सबैभन्दा कम नेपाल बैंकले १५ करोड २१ लाखको बोनस वितरण गरेको छ । त्यस्तै, एनआइसी एशियाले २१ करोड ४५ लाखको बोनस बाँडेको छ । ६ वटा बैंकले ३० करोड भन्दा कम रकम कर्मचारीलाई बोनसको रुपमा बाँडेका छन् । खराब कर्जा बढेको र शेयरधनीलाई लाभांश दिन नसक्ने अवस्थामा पनि बैंकहरुले कर्मचारीलाई खुशी पारेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?