National life

विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदरका कारण बैंकको नाफा घट्योः अध्यक्ष केसी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
584Shares
विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदरका कारण बैंकको नाफा घट्योः अध्यक्ष केसी
ncell

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले चालु आर्थिक वर्षको  पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको बताएका छन् ।

बैंकर्स संघको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । सो अवसरमा बोल्दै उनले बैंकको ब्याजदर घट्दै जाने तत्कालको लागि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । गत आवको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आवकोअसोज मसान्तसम्म १६ अर्ब पुगेको उनको भनाइ छ ।

Royal Enfield
nic asia capital

 

चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको केसीले बताए ।‘डिपोजिट पनि धेरै बढ्न सकेन । १२० अर्बले बढ्नु धेरै होइन । निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भयो । खराब कर्जा ३.६१ प्रतिशत पुग्यो’ उनले भने, ‘ दक्षिण एसियाली देश हेर्दा ठिकै छ, डराउनु पर्ने अवस्था छैन । तैपनि सजग हुनै पर्छ । हामी सजग हुँदैछौं ।’

 

केसीले आर्थिक मन्दीको असर बैंकमा परेको बताए । दक्षिण एशियाली देशसँग तुलना गर्दा नेपाली बैंक ठिक अवस्थामा रहेको उनले बताए ।नेपालमा भन्दा विदेशमा ब्याजदर बढी रहेको उनको भनाइ छ । नेपालमा पछिल्लो समय ब्याजदर घटेको छ । लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको उनले बताए । स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोही अनुसार बैंकहरुले काम गरेको उनको भनाइ छ ।

 

एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितकालाई ५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाको जानकारी दिए । केसीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका केसीले बैंकहरुको खराब कर्जा बढेका कारण पहिलो त्रैमासमा १६ अर्ब रुपैयाँ प्रोभिजन गरेको बताए । जबकी गत वर्ष ७ अर्ब रुपैयाँ मात्रै प्रोभिजन गरेका थिए । विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदरका कारण १३ बैंकको नाफा घटेको उनको भनाइ छ ।

 

बैंकहरुको रिकभरी नहुँदा खराब कर्जा बढेको भन्दै  गत वर्ष ७ अर्ब मात्रै प्रोभिजन गरेकोमा यस वर्ष १६ अर्ब गर्नु परेको उनको भनाई छ । विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदर, बिजनेस डाउन लगायत कारणले नाफामा प्रभाव परेको परेको उनले बताए ।

 

निजी क्षेत्रको ब्यापार व्यवसाय सुस्ताएका कारण त्यसको प्रभाव स्वतः बैंकहरुमा परेको उनको भनाई छ।  पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन बढाएर ८४ अर्ब रुपैयाँ कर्जा बढाएको बताए ।

गत वर्ष बैंकहरुको औषत खराब कर्जा २.९८ प्रतिशत रहेकोमा बढेर असोज मसान्तसम्म खराब कर्जा ३.६१ प्रतिशत पुगेको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?