काठमाडौं। सनराइज बैंकले बैकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिंङ सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैंकिंङ सेवा विस्तार गर्दै आएको छ।
उक्त शाखारहित बैंकिंङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिंङ संख्या एक सय २ पुगेको छ।
सोही क्रममा बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरमा १०१ औं र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिंङ सेवा शुभारम्भ गरेको छ।
उक्त शाखारहित बैंकिंङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिंङ संख्या एक सय २ पुगेको छ।
बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करमसिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ। उक्त शाखारहित बैंकिंङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ।
बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा ए.टि.एम र १०२ वटा शाखारहित बैंकिंङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।


































