National life

६६ अर्बको बागमती बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता

अन्य आन्तरिक राजस्वबाट ७ अर्ब ७३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०१ असार २०८३, सोमबार
1.3kShares
६६ अर्बको बागमती बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता
ncell

मकवानपुर। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कुल विनियोजनमध्ये अधिकांश हिस्सा पुँजीगत खर्चमा केन्द्रित गरिएको जानकारी दिनुभयो।

बजेटअनुसार चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनसमेत सार्वजनिक गरेको छ। जसअनुसार राजस्व तथा बाँडफाँडबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य आन्तरिक राजस्वबाट ७ अर्ब ७३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी संघीय सरकारबाट अनुदानस्वरूप १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने तथा संचित कोषको बचत र विविध स्रोतबाट १२ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ जुटाइने अनुमान छ।

बजेटको बाँकी अपुग रकम अन्य वित्तीय स्रोत तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँले पूर्ति गरिने सरकारले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?