National life

खाद्यले खसीबोका र च्याङ्ग्रा आजदेखि बिक्री गर्दै, कति छ मूल्य ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
662Shares
खाद्यले खसीबोका र च्याङ्ग्रा आजदेखि बिक्री गर्दै, कति छ मूल्य ?
ncell

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका बिक्री सुरु गर्दैछ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेका अनुसार भित्राइएको खसीबोकाको स्वास्थ्य परीक्षण गरी आजदेखि सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो ।

खाद्यले खसीबोका सोमबार राजधानीमा भित्र्याएको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा खसीबोका बिक्री गर्न लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खाद्यले प्रतिकिलो जिउँदो खसीबोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्दैछ।

कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकेको छ। यस्तै जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ । निजी क्षेत्रले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो खसी बोकाको शारिरीक बनोट हेरेर ६५० देखि ६९० रुपैयाँसम्म मूल्य तोकेको छ।

खाद्यले भने जिउँदो खसी बोकाको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६७० र च्याङ्ग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर १२५० मा थापाथली स्थित प्रादेशिक बिक्री केन्द्रबाट बिहान ८ बजे देखि बिक्री गर्न लागेको हो।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?