National life

आजदेखि दसैँलाई खसीबोका काठमाडौं भित्र्याइँदै , कतिपर्छ मूल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
858Shares
आजदेखि दसैँलाई खसीबोका काठमाडौं भित्र्याइँदै , कतिपर्छ मूल्य ?
ncell

काठमाडौं । दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्र्छन् ।

चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उनको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उपत्यकामा फूूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उनको भनाइ छ । दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँ मूल्य पर्ने खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ । हाल बजारमा प्रतिकेजी जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपियाँ सम्म पर्छ ।

उता नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैँका लागि ३ हजारवटा खसी, बोका र च्यांग्रा ल्याउँदैछ। कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले दसैँका लागि २ हजारवटा खसी र बोका तथा १ हजारवटा च्यांग्रा ल्याइने जानकारी दिइन्।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?