National life

दसैँमा धेरै फजुल खर्च गर्नुभन्दा पनि थोरै पैसा भए पनि बचाएर बीमा गरौँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असोज २०८१, बिहिबार
1.2kShares
दसैँमा धेरै फजुल खर्च गर्नुभन्दा पनि थोरै पैसा भए पनि बचाएर बीमा गरौँ
ncell

नेपालीहरूको लागि दसैँ विशेष महत्त्व र पर्खाइको चाड हो । अहिले देश भरी नै दसैँको रौनक छाएको छ । जताततै दसैँको चर्चा छ । प्रकृति सुन्दर भएको छ । त्यही सुन्दरतामा सबैले आ–आफ्नै तरिकाले रमाइलो गरेर आर्शिवाद लिएर वा दिएर दसैँ मनाउने तयारी गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैबीचमा हामीले दसैँ कसरी मनाउने तयारी गर्नुभएको छ भन्ने लगायतका जिज्ञासामा आधारित रहेर सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ तथा जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलसँग कुराकानी गरेका छौँ । यस्तो छ दसैँ सम्बन्धी पौडेलको धारणा ।

अरू वर्षहरूमा प्रायजसो मैले चितवनमा नै दसैँ मनाउने गरेको थिए । तर यसपालि भने काठमाडौंमै मनाउने तयारीमा छु । बाटोघाटोको अवस्था पनि त्यति राम्रो छैन । रमाइहाल्नुपर्ने वा अरू वर्षको जस्तो उमङ्ग यो वर्षको दसैँले ल्याएको छैन । सामान्य रूपमा मन्दिर दर्शन गर्न जान्छु । अनिवार्य नै दर्शन गर्नुपर्छ भन्ने चलन छैन । यसपालि सबैको भावना बुझेर अलि मध्यम खालको नै दसैँ मनाइन्छ ।

अव खानेकुराको हकमा कुरा गर्नुपर्दा चापर्वहरुमा अझ भनौँ दसैँजस्तो चाडमा परिवारसँग रमाइलो गर्दै खुसी हुँदै अलिकति धेरै खाइने भने पक्कै हुन्छ । तर नयाँ–नयाँ परिकार वा मासुसँगै झोल पदार्थमा पनि रुचि नराख्ने भएको कारणले गर्दा म चाडपर्वहरूमा पनि खानेकुराहरूलाई पनि सामान्य रूपमा जस्तै खान्छु ।

यो वर्ष काठमाडौँमा दसैँ मनाउने भएकाले त्यस्तो अरू केही तयारी छैन । तर दसैँको लागि पाएको छुट्टीको समयलाई सदुपयोग गर्दै धेरै समयदेखि भेट्न नपाएका साथीहरूलाई भेटेर आत्मीयता बढाउने कोसिस गर्छु ।

दसैँ रमाइलो सहरमा भन्दा गाउँमै हुन्छ। चितवन उसै पनि रमाइलो ठाउँ । बाल्यकालको दसैँको स्मरण गर्ने हो भने हाम्रो गाउँकै एउटा खेल मैदानमा अष्टमीको दिन दिउँसोतिर गाउँभरिका सबै मानिस जम्मा भएर साँझसम्मै फुटबल खेलिन्थ्यो, अहिले पनि खेलिन्छ । त्यो कुरा भने कहिल्यै बिर्सिन सकिँदैन । अर्को कुरा गाउँमा दसैँ मनाउँदा गाउँ नजिकै निकुञ्जतिर घुम्न पनि गइन्थ्यो ।

अहिलेको दसैँ केही भड्किलो भएको समेत म देख्छु । खानपानमा त अझ धेरैले स्वास्थ्यलाई ख्याल गरेको पाइदैन् । अरूलाई देखाउनकै लागि भए पनि धेरै खर्च गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ ।

अब आर्शीवादले मात्र हाम्रो जीवन सुरक्षित हुँदैन। अस्तिको वाढीपहिरोमा परेर मात्रै दसैँको मुखैमा झन्डै २५० मानिसको मृत्यु भएको खबरहरू आएका छन् । उनीहरूको घरमा पीडा छ । उनीहरूले पनि त अघिल्लो साल आर्शीवाद लिएका थिए होलान् । त्यस कारण आर्शीवादले मात्र मानिसको सुरक्षा हुदैन् । उनीहरूलाई सुरक्षा कवच पनि चाहिन्छ । सुरक्षित भएर बस्नु पनि पर्छ । जस्तोसुकै घटना घटे पनि,परिवारलाई अगाडीको जिन्दगी बिताउन त्यसै अनुसारको रक्षावरण छ की छैन् भन्ने कुरा नै अबको आवश्यकता हो । मानिसको जीवनमा भइपरी आउँदा खेरी आफ्नो परिवारलाई आफैले हेर्नुपर्छ, अरूले साथ सहयोग दिने संस्कृति हराउँदै गएको छ । त्यस कारण आशिर्वाद सँगसँगै हामीले अव सुरक्षित हुनुपर्ने कुरामा समेत ध्यान दिनुपर्छ ।

दसैँको वेलामा धेरै फजुल खर्च गर्नुभन्दा पनि थोरै पैसा भए पनि बचाएर सुरक्षाको लागि सोच्ने वेला आएको छ । दसैँको मुखैमा भएको अस्तिको घटनाले पनि यहीँ कुरा सिकाएर गएको छ ।

केही दिन अघि मात्रै घटेको घटनामा परेर ज्यान गुमाएका मध्ये कतिको बीमा गरिएको छ रु कतिले बीमा बापतको रिस्क कभरेज पाएरु भन्दा अहिलेसम्मको तथ्याङ्क नगण्य छ । त्यस कारणले अव धनी गरिब केही नभनी बीमा गर्नुपर्छ । किनकि विपदका वेलामा सहयोग गर्न पाउँदा सबैलाई खुसी लाग्थ्यो । त्यस कारणले दशैँमा दिने आर्शीवाद र कोसेलीको रूपमा सहयोग मिल्ने खालको उपहारहरू आफन्तहरूलाई दिनुपर्छ भन्ने मान्यता म राख्छु ।

अन्त्यमा सबैलाई दसैँको शुभकामना सहित, चाडपर्वलाई भड्किलो नबनाएर सामान्य रूपले परिवारसँग बसेर खुसी भएर मनाऔँ, आफू खुसी हुँदा अरूलाई दुखी पार्नु हुँदैन भन्ने मान्यतालाई आत्मसाथ गरौँ भन्न चाहन्छु ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?