नेपालीहरूको महान् चाड दसैँको आगमनसँगै आम मानिसका साथै कर्पोरेट तथा अन्य क्षेत्रमा रहेर काम गरिरहेका मानिसहरू पनि पनि यो चाड मनाउनको लागि आ–आफ्नो तयारीमा जुटेका छन् । आफ्नो परम्परा तथा संस्कृतिअनुसार यो बेला कोही स–परिवार जमघट हुने तयारीमा छन् भने कहिले घुम्ने लगायतका तयारी पनि गरिरहेका छन् । एक हप्ता लामो दसैँ बिदामा सम्पूर्ण कर्मचारी तथा मजदुर लगायत सबै यो चाडलाई विशेष रूपले मनाउने तयारी गरिरहेका छन् ।
प्रायः मैले दसैँ गाउँमा नै गएर मनाउने गरेको छु ।
लगभग ३ ओटासम्म दसैँ मात्र मैले काठमाडौंमा मनाएको छु । बाँकी त सब गाउँमै हो । उता मुमा लगायत काकीको परिवार र दाजुभाइहरू पनि छन् । त्योभन्दा पनि गाउँमा जाँदा सबै पुरानो पुरानो साथीहरूसँग पनि भेटघाट हुन्छ । लामो समय नभेटिएका आफन्तसँग भेटघाट हुने, कुनै हतारोबिना परिवारसँग बसेर खान पाइने, इष्टमित्र,साथीभाइसँग पनि रमाइलो गर्न पाइने हुँदा दसैँ अविस्मरणीय हुने गर्छ । काठमाडौँवासीलाई त गाउँमा जाँदा छुट्टै रमाइलो हुन्छ नि । ठाउँ पनि परिवर्तन हुने भएकोले बिदा मनाएको जस्तो पनि हुन्छ ।
म खाना बनाउने लगायतका धेरै कुरामा त पछाडि नै छु । बरु म अरू–अरू काम गरिदिन्छु तर खाना भने म पकाउन सक्दिन । मैले बिद्याथी जीवनमा हुँदा पनि खाना भने कहिल्यै पकाइन् । त्यसकारण दसैँमा नि त्यस्तै हो म त पकाएको खाने र रमाइलो गर्ने मात्रै हो ।
गाउँतिर दसैँ मनाउन जानुको अर्को रमाइलो पक्ष भनेको त्यहाँ बच्चाहरू टिका लगाउन घर–घर जाने गर्छन् । पहिले पहिले हामी पनि जान्थ्यौँ । तर अब अहिले त गाउँमा खासै बच्चाहरू नै छैनन् । गाउँमा त उसै पनि एक अर्कामा धेरै सहकार्य हुने भएकोले रमाइलो नै हुन्छ । त्यो कुरा दसैँको वेलामा झन् बढी हुन्छ ।
म भारतको विद्यालयमा पढेको मान्छे हो । त्यहाँ दसैँको सट्टामा दुर्गा पूजा हुन्छ । त्यसकारण बाल्यकालमा दसैँ मानेको अनुभव त्यति छैन मसँग, तर काठमाडौँ आएपछि दसैँको महत्त्व बुझियो ।
घुम्न जाने भन्नेकी गाउँ जाने सबै उतै हो, यसपालि अलि बाटोघाटो लगायत अन्य कुरालाई हेर्दा घुमघाम नगरी सिधै गाउँ गएर फर्किने मात्रै गरिन्छ ।
बीमालाई चाडपर्वमा जोडेर हेर्नु मात्रै त हुदैन् । तर बीमा गर्दा फाइदा हुने भएकोले दसैँमा थोरै खर्च कटौती गरेर भए पनि बीमा गर्न म सबैलाई आग्रह गर्छु ।
https://aarthikvoice.com/archives/45921


































