नेपालीको घर आगमनमा दसैँ भित्रिएसँगै दसैँको विशेष चहलपहल सुरु भएको छ । नेपालमा धेरैजसो समुदायले मनाउँदै आएको यस पर्वको अवसरमा विभिन्न व्यवसायी वा पेसाकर्मीले आफ्नो भिन्नाभिन्नै योजनाको साथमा दसैँलाई मनाउने तयारी गरिरहेका हुन्छन् । विशेषतः दसैँको अवसरमा लामो बिदा हुने र आफ्नो लागि पर्याप्त समय पाइने भएको कारण पनि व्यवसायी, पेसाकर्मी वा व्यस्त मानिसहरूले यस पर्वलाई आफ्नो रुचिकर काम गर्ने अवसरको रूपमा लिएको पाइन्छ । पेसा, व्यवसाय र कामको व्यस्तताले व्यक्तिगत रुचिकर काम गर्न नपाएका वा नभ्याएका व्यक्तिहरूले यस वर्षको दसैँमा कस्तो योजना बनाइ रहेका होलान् ? वा उनीहरूको यस वर्षको दसैँको योजना के छ ? आर्थिक भ्वाइसले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको दसैँ योजनाबारे सोधेको छ ।
प्रस्तुत छ अध्यक्ष सिलवालको दसैँ योजना
हाम्रो दाई भाइको परिवार लगायत घरका सबै परिवार काठमाडौँमै छौँ, त्यस कारण यसपालिको दसैँ यहीँ मनाउँछौ ।
दसैँ रमाइलो लाग्ने भनेको नै बाल्यकालमै हो । ठुलो भएपछि त के को दसैँ । तराईको सानो र धुलो माटो तथा खेतीपाती गर्नुपर्ने पर्साको अलौँ भन्ने ठाउँमा मेरो जन्म भएको हो। गाउँमा हुँदा दसैँ भनेको त धानको परालको डोरी बाटेर अग्लो रुखको हाँगामा पिङ बनाएर दिउँसोभरी केटाकेटीले र अलिअलि साँझ परेपछि पिङ खेल्ने गर्थ्यौ ।
दसैँ आएपछि एकदम ठुलो दिनहरू आयो भन्नेजस्तो लाग्थ्यो ।
सामूहिक रूपमा खुसी साटासाट गर्ने चाड भएकाले यो समयमा एक अर्काको खुसीको पनि प्रवाह गर्नुपर्छ ।
दसैँको बेलामा मासु भने म आफैँ पकाएर खान्छु, अरू कुराहरू अरूले पकाए पनि मासु भने म आफैले पकाउँने हो । उसो त मान्छेहरू एक्लै भएको बेलामा कम खाने र धेरै मान्छेहरूसँग खुसी साट्दै खाना खादा अलि बढी खाने भन्ने त भइहाल्छ । अनि दाई भाइसँग मात्रै बसेर रमाइलोको लागि तास खेल्ने जस्ता रमाइला कुराहरू त गरिन्छ नै ।
दसैँको बेलामा मासु भने म आफैँ पकाएर खान्छु, अरू कुराहरू अरूले पकाए पनि मासु भने म आफैले पकाउँने हो ।
५ देखी १० हजारसम्मको पोलिसी उपहार दिनसके सबै भन्दा राम्रो हो ।
https://aarthikvoice.com/archives/45938


































