National life

वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला आजदेखि सुरू, यस्ता छन् छुट र दैनिक उपहार योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
579Shares
वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला आजदेखि सुरू, यस्ता छन् छुट र दैनिक उपहार योजना
ncell

काठमाडाैं । वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला आजदेखि सुरू भएकाे छ । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाडाैंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना भएको हाे ।

वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डीईसीसी नेपालले तीज मेलाको आयोजना गरेको हो । विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौँ संस्करण आयोजना गर्न लागिएको डीईसीसी नेपालका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार यसपटकको मेलालाई ए एस इभेन्ट्स एन्ड मार्केटिङले प्रवर्द्धन तथा व्यवस्थापन गर्नेछ।

भदौ ६ गतेदेखि १० गतेसम्म ५ दिन चल्ने मेलामा १०० भन्दा बढी स्टल रहनेछन्। तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरुलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको गुरुङले जानकारी दिए। उनका अनुसार सबै स्टल बुकिङ भइसकेका छन् भने गैरनाफामुलक संस्थाहरुलाई मेलामा निशुल्क स्टलको व्यवस्था गरिएको र त्यस्ता संस्था सम्पर्कमा आए स्टल थप गरेर उपलब्ध गराइनेछ।

विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवद्र्धनको लक्ष्य सहित मेला आयोजना गरिएको भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आमउपभोक्तालाई आग्रह गरेका छन्।

नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताहरुको सहभागिता रहने मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिने व्यवस्था गरिएको ए एस मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए। विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाइ छ।

कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेसन, भेस्पर वाइनलगायतका ब्रान्डको सहयोग रहेको मेलामा उल्लेखित ब्रान्डका तर्फबाट मेला अवलोकनकर्ताहरुलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ।

ट्रेड सेन्टरमा रहेका रेस्टुरेन्टहरुमा अजलोकनकर्तालाई छुटको व्यवस्था गरिनुका साथै विभिन्न किसिमका सामग्रीमा भारी छुटको व्यवस्था गरिएको डीईसीसीले जनाएको छ।

डे टु डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। फुड भौचर तथा डिस्काउन्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?