National life

नेपालको व्यापार घाटा एक महिनामै डेढ खर्ब नजिक

चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको वस्तु व्यापार घाटा करिब डेढ खर्ब रुपैयाँ पुगेको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
२२ घण्टा अगाडि|०२ असोज २०८३, शुक्रबार
1.1kShares
नेपालको व्यापार घाटा एक महिनामै डेढ खर्ब नजिक
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको वस्तु व्यापार घाटा करिब डेढ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा २.५ प्रतिशतले बढेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा नेपालको कुल वस्तु निर्यात ६१.७ प्रतिशतले वृद्धि भई ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। निर्यात वृद्धिमा भारततर्फ ७१.० प्रतिशत र चीनतर्फ २८७.८ प्रतिशतको योगदान रहेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, जुटका सामान तथा पार्टिकल बोर्डको निर्यात बढेको छ। यद्यपि, आयुर्वेदिक औषधि, जडीबुटी, प्रशोधित छाला र नेपाली कागजको निर्यात भने घटेको छ।

यस्तै, समीक्षा अवधिमा वस्तु आयात ३१.० प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। आयात वृद्धिमा पेट्रोलियम पदार्थ, रासायनिक मल, खाने तेल तथा कच्चा भटमासको तेलको मुख्य भूमिका रहेको राष्ट्र बैंकले जनाएको छ।

अर्कोतर्फ, धान, चामल, सुन, अलकत्रा, कोइला तथा मेडिकल सामग्रीको आयातमा कमी आएको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात २०.६ प्रतिशत कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?