National life

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१२ माघ २०८२, सोमबार
1.7kShares
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
ncell

काठमाडौँ। ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित गरिएको छ । रसुवा भन्सार कार्यालय, टिमुरे, रसुवाद्वारा आयोजित विशेष कार्यक्रममा सीजी मोटर्स प्रा.लि. लाई भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रुपमा राजस्व संकलनमा योगदान पुर्‍याएको कदर स्वरूप कदर-पत्र प्रदान गरी सम्मानित गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विश्व भन्सार संगठनद्वारा निर्धारित यस वर्षको नारा: सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार लाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी, व्यवसायी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा सीजी मोटर्स प्रा.लि.लाई भन्सार ऐन-नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी, वैध तथा व्यवस्थित व्यापार प्रवर्द्धनमा योगदान जस्ता विषयहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो। रसुवा भन्सार कार्यालयले निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि तथा राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरेको छ।

सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (CEO) कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै यस भन्सार नाकासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा अत्यन्तै आभार प्रकट गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा प्रतिबद्ध रहने जनाएको छ।

सीजी मोटर्स प्रा.लि. चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको नेपालको अग्रणी अटोमोबाइल कम्पनी हो, जसले नयाँ तथा दिगो मोबिलिटी सवारी साधनहरू बिक्री-वितरण गर्दै आइरहेको छ। नेपालमा सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनहरूको बिक्री-वितरण गर्दै सीजी मोटर्सले निरन्तर रूपमा नयाँ आयाम स्थापित गर्दै आएको छ।

 

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?