National life
cg eloctronics

नेपाल राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
583Shares
नेपाल राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमा राखेको छ । राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीमा ल्याएकाे हाे ।

राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्दै सरकारलाई आन्तरिक ऋण उठाउन लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

२८ दिनको ५ अर्ब रुपैयाँ, ९१ दिनको ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनको ७ अर्ब रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँ गरी कुल २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल खरिदका लागि प्रस्ताव पेस गर्न राष्ट्र बैंकले इच्छुक संस्थालाई आग्रह गरेको छ ।

सरकारलाई छोटो अवधिका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री जारी गर्ने गरेको छ । राष्ट्र बैंकले कम ब्याजदर कबोल गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गर्छ ।

अन्तर बैंक ब्याजदर ६.३५ प्रतिशतभन्दा माथि रहेकाले ट्रेजरी बिलको ब्याजदर ७ प्रतिशतभन्दा माथि पुग्ने सम्भावना छ । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ७ पटक ट्रेजरी बिल बिक्री गर्दै आन्तरिक ऋण उठाइसकेको छ ।

everest bank

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा २८ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.२१ प्रतिशत, ९१ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ५.८२ प्रतिशत, १८२ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४९ प्रतिशत र ३६४ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४४ प्रतिशत छ ।

गत असारमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर ६.३५ प्रतिशत थियो । असारको तुलनामा सोमबार ब्याजदर केही घटे पनि साउनको तुलनामा भने ब्याजदर बढेको छ ।

राष्ट्र बैंकले भदौ ११ गते ९१ दिने ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल ४.७३ देखि ६.१४ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो । औसतमा ९१ दिनको ट्रेजरी बिलको ब्याजदर ५.८१ प्रतिशत परेको थियो । यस्तै, ३६४ दिनको ट्रेजरी बिल ६.१४ देखि ६.४७ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो ।

औसतमा ६.४३ प्रतिशत ब्याजदर दिँदै राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । साउन २ गते ९१ दिनको ट्रेजरी बिल औसतमा ५.१८ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । राष्ट्र बैंकले साउन ९ गते ९१ दिनको ट्रेजरी बिल ५.७८ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो ।

साउन २३ गते ९१ दिनको ट्रेजरी बिल ६.१६ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । सोही दिन ३६४ दिनको ट्रेजरी बिल ६.३७ प्रतिशत ब्याजदरमा बिक्री गरिएको थियो । साउन ३० गते ९१ दिनको ट्रेजरी बिल ६.४४ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?