National life
cg eloctronics

होसियार भई चेक जारी गर्ने गरौँ, गैरकानुनी लेनदेन नगरौँ : राष्ट्र बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
809Shares
होसियार भई चेक जारी गर्ने गरौँ, गैरकानुनी लेनदेन नगरौँ : राष्ट्र बैंक
muktinatha bikash bank

काठमाडाैं । नेपाल राष्ट्र बैंकले होसियार भई चेक जारी गर्न र गैरकानुनी लेनदेन नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।

‘होसियार भई चेक जारी गर्ने गरौँ, गैरकानुनी लेनदेन नगरौँ’ सूचनामा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंक तथा वित्तीय संस्थामा रहेको रकमको कारोबारका लागि चेक भरपर्दो माध्यम हो । विनिमेय अधिकारपत्र ऐन, २०३४ (पछिल्लो संशोधन २०७५) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (पछिल्लो संशोधन २०७४)ले यसलाई माग्नासाथ भुक्तानी दिनु भनी कुनै बैंकउपर खिचिएको विनिमेयपत्रका रुपमा व्याख्या गरेको छ ।

पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा संस्था कालोसूचीमा पर्ने घटना पनि बढेर गएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रस्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नुपर्दछ, खातामा नभएको रकमको चेक जारी गर्ने, भविष्यमा प्राप्त हुन्छ भन्ने आधारमा चेक जारी गर्ने, तमसुक वा धरौटीका रुपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरिदिनेजस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालोसूचीमा पर्दछ र कानुनबमोजिमको सजायसमेत हुन्छ ।’

everest bank

यो समाचार शेयर गर्नुहोस्
809SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?