National life

२१ अर्ब बढी रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
693Shares
२१ अर्ब बढी रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले साउन १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । यी ट्रेजरी बिल क्रमशः भदौ १२ गते, कात्तिक १४ गते र माघ १६ गते परिपक्व हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

 

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?