National life

राष्ट्र बैंकका डेपुटी गभर्नर रावलको सम्पत्ति विवरण सार्वजनिक, सुन–चाँदी र सेयर कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ दिन अगाडि|१७ भदौ २०८३, बुधबार
1.1kShares
राष्ट्र बैंकका डेपुटी गभर्नर रावलको सम्पत्ति विवरण सार्वजनिक, सुन–चाँदी र सेयर कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सार्वजनिक गरिएको विवरणमा रावल तथा उनका परिवारका सदस्यका नाममा रहेको घरजग्गा, बैंक मौज्दात, नगद, सुनचाँदी, सेयर, सवारीसाधन तथा बीमालगायतका सम्पत्तिको विवरण उल्लेख गरिएको छ ।

विवरणअनुसार रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी–२, दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर रहेको छ । उक्त घर २०७७ फागुनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घर खरिदका लागि बैंक ऋण, स्वआर्जन तथा पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकम प्रयोग गरिएको रावलले उल्लेख गरेका छन् ।

रावलकी आमाको नाममा कैलालीको टीकापुरमा १ कठ्ठा तथा अछामको बान्नीगढी जयगढमा १ रोपनी जग्गामा बनेका घर रहेका छन् । यी सम्पत्तिलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ । आमाकै नाममा टीकापुरमा २ बिघा १ कठ्ठा तथा बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै, धनगढीमा परिवारका सदस्यका नाममा ३३८.६३ वर्गमिटरका दुई कित्ता जग्गा रहेको छ । रावलको आफ्नै नाममा कैलालीमा १ कठ्ठा तथा श्रीमतीको नाममा करिब ६ लाख रुपैयाँ लागतको जग्गा रहेको जनाइएको छ ।

बैंक मौज्दाततर्फ रावलको नाममा विभिन्न वाणिज्य बैंकमा ११ लाख ४९ हजार २१४ रुपैयाँ रहेको छ । त्यस्तै, उनको बैंक खातामा १४ हजार २३ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ । उक्त बचत पारिश्रमिक, वैदेशिक तालिम तथा भ्रमणबाट प्राप्त रकमबाट भएको रावलले बताएका छन् ।

श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थामा ३ लाख ८४ हजार ९२७ रुपैयाँ मौज्दात रहेको छ । यो रकम घरभाडाबाट प्राप्त भएको जनाइएको छ । रावलको नाममा ४० हजार रुपैयाँ नगद रहेको छ ।

रावलको परिवारसँग २५ तोला सुन र २ किलो चाँदी रहेको छ । विवरणअनुसार केही सुनचाँदी पैतृक तथा केही स्वआर्जनबाट प्राप्त भएको हो । परिवारसँग १ लाख रुपैयाँ मूल्यको हिराको औँठीसमेत रहेको उल्लेख छ ।

सेयर लगानीतर्फ रावलको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण सेयर रहेका छन् । उनकी श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत कम्पनीका २ हजार ३७९ कित्ता तथा डिस्टिलरी कम्पनीका १ हजार कित्ता सेयर रहेको छ । छोराछोरीको नाममा समेत बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीका साधारण सेयर रहेको विवरणमा उल्लेख छ ।

रावलका छोराको नाममा २०८२ सालमा खरिद गरिएको होन्डा स्कुटर रहेको छ । उक्त स्कुटरको खरिद मूल्य १ लाख ९५ हजार ४ सय रुपैयाँ रहेको जनाइएको छ ।

सम्पत्ति विवरणमा रावलले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने उल्लेख गरेका छन् ।

यस्तै, रावल तथा परिवारका सदस्यका नाममा एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानमा बीमा रहेको तथा अवकाश कोषसम्बन्धी रकमसमेत रहेको विवरणमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?