काठमाडौं । पछिल्ला महिनाहरुमा बैंकिङ समूह चरम बियरिस रहेको बेला एभरेष्ट बैंक भने बुलिस रनमा रहेको देखिएको छ । करिब साढे ३ वर्ष अघि नै एभरेष्टको बजार भाउले बटम लगाइसकेको थियो ।
त्यसयता हेर्ने हो भने यस कम्पनीको शेयर मूल्य विस्तारै बढ्दै आएको छ । ३०१ रुपैयाँ आसपास (समायोजित भाउ) बटम लगाएको बैंकको सयेर अहिले ६०० रुपैयाँ भन्दा धेरै छ ।
बैंकले देशका कुनै पनि कुनामा बसेका ग्राहकहरुलाई आफ्ना कुनै पनि शाखा संजालबाट सरल र प्रभावकारी बैंकिंग सुबिधा सहज रुपमा उपलब्ध गराइरहेको छ।
आज भन्दा १४ वर्ष अगाडि अर्थात, १८ फेब्रुअरी, २०११ मा एभरेष्टको शेयरमा १० हजार लगानी गर्नेको सम्पति अहिले साढे ७ गुणाले बढेर ७४ हजार भन्दा धेरै पुगेको छ । तुलनात्मक रुपमा यो रिटर्नलाई राम्रो मान्न सकिन्छ । आर्थिक मन्दी, खराब कर्जाका कारण बढ्दो एनपीएल, राष्ट्र बैंकको कसिलो नीतिका कारण बैंकहरुलाई अहिले नाफा कमाउन मुस्किल परेको छ । तर, एभरेष्ट बैंकले भने शेयरधनीलाई लाभांश पनि दिन सफल भएको छ । सम्भवतः हरेक वर्ष आर्कषक लाभांश दिने बैंकमा एभरेष्ट पनि एक हो ।
बैंकले हरेक वर्ष शेयरधनीलाई लाभांश दिएको छ । साथै, कम्पनीको लाभांस क्षमता पनि डबल डिजिटमा हुने गर्छ । एनपीएल पनि तुलनात्मक रुपमा कम छ । साथै, रिटेन्ड अर्निङमा पनि अरबौं रकम जम्मा छ ।
नेपालका ठूला वाणिज्य बैंकहरुसँग तुलना गर्दा एभरेष्ट बैंक स्थिर नाफा कमाउने र त्यसलाई लगानीकर्तासम्म पुर्याउने बैंकहरुमध्ये एक हो । नेपालमा कतिपय बैंकहरुले आक्रामक रुपमा बजार विस्तार गरिरहेका बेला, एभरेष्ट बैंकले भने आफ्नो सन्तुलित विस्तार रणनीतिमा ध्यान दिएको छ। लगानीकर्ता, ग्राहक, र वित्तीय विज्ञहरुका लागि यो बैंक नेपालको स्थिर तथा भरपर्दो बैंकहरुमध्ये एक रहेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड भुक्तानी, अनलाइन खाता खोल्ने सुविधा, तथा डिजिटल लोन प्रोसेसिङ जस्ता सेवाहरुको माध्यमबाट प्रभावकारी सुबिधा प्रधान गरिरहेको छ ।
एभरेष्टको लाभांश इतिहास

चुक्ता पूँजी, रिटेन्ड अर्निङ र जगेडा कोषको आकार कति ?
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख भन्दा धेरै छ । गत वर्ष ११ अर्ब ७६ करोड रुपैयाँ बराबरको चुक्ता पूँजी थियो । बैंकले बोनस शेयर वितरण गरेपछि पूँजी बढेको हो । २०७७-७८ मा यस बैंकको पूँजी ८ अर्ब ९३ करोड रुपैयाँ थियो । बैंकले बोनस शेयर वितरण गरेर पूँजी वृद्धि गरेको हो ।
रिटेन्ड अर्निङमा २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । बैंकहरुमध्ये सबैभन्दा धेरै रिटेन्ड अर्निङ हुनेमा एभरेष्ट शीर्ष स्थानमा पर्छ । उक्त रिटेन्ड अर्निङबाट यस कम्पनीले शेयरधनीलाई ३० प्रतिशतसम्म लाभांश दिने सक्ने देखिएको छ ।
यता, जगेडा कोषको आकार भन्दा चुक्ता पूँजी भन्दा ठूलो छ । ६ महिनाको रिपोर्ट हेर्दा एभरेष्टको जगेडा कोषमा १३ अर्ब ३२ करोड रुपैयाँ जम्मा रहेको छ । २०७७-७८ मा ९ अर्ब १८ करोड थियो । जगेडा कोष मजबुत बन्दै गएको छ ।

निक्षेप संकलन र कर्जा परिचालन
बैंकले चालु आवको ६ महिनामा २ खर्ब ५० अर्ब ४३ करोड रुपैयाँ भन्दा धेरै निक्षेप संकलन गरेको छ । गत वर्षको असारसम्म यसले २ खर्ब ३२ अर्ब ३१ करोड र अघिल्लो वर्ष बैंकले १ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
कर्जा परिचालनमा पनि यो बैंक आक्रामक बनेको छ । २०७७-७८ मा १ खर्ब २७ अर्ब रुपैयाँ रहेको यस बैंकको कर्जा परिचालन चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब ८ अर्ब पार गरेको छ ।

ब्याज आम्दानी र खुद नाफा कति ?
खुद ब्याज आम्दानी बढेसँगै यस बैंकको नाफामा पनि सुधार देखिएको छ । चालु आवको ६ महिनामा एभरेष्टले ४ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको थियो । जबकि २०७७-७८ मा एभरेष्टको उक्त आम्दानी ३ अर्ब ८६ करोड थियो । अहिले ६ महिनामै बैंकले ४ अर्ब भन्दा धेरै ब्याज आम्दानी गरेको छ ।
यता, नाफा पनि सोही अनुसार बढेको छ । पुससम्म आइपग्दा यो बैंकको नाफा २ अर्ब ७ करोड भन्दा धेरै छ । पछिल्लो वर्षमा खुद नाफा लगातार जस्तो बढेको छ ।

नेपालको वित्तीय क्षेत्रमा आफनो छुट्टै पहिचान बनाएको बैंकले देशका कुनै पनि कुनामा बसेका ग्राहकहरुलाई आफ्ना कुनै पनि शाखा संजालबाट सरल र प्रभावकारी बैंकिंग सुबिधा सहज रुपमा उपलब्ध गराइरहेको छ। यसका साथै बैंकले विकाशका कुनै पनि पूर्वाधार नपुगेको बझाङको साइपाल जस्तो ठाउँमा समेत आफ्नो शाखा खोलेर वित्तीय सेवा दिइरहेको छ। बैंकले साइपलमा शाखा खोलेर देशको ७५३ स्थानीय तहमै ‘क’ वर्गका बैंकको शाखा पुर्याउन सरकारलाई सहयोग समेत गरेको छ ।
बैंकले डिजिटल बैंकिङ सेवामा अगुवाइ गर्दै आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड भुक्तानी, अनलाइन खाता खोल्ने सुविधा, तथा डिजिटल लोन प्रोसेसिङ जस्ता सेवाहरुको माध्यमबाट प्रभावकारी सुबिधा प्रधान गरिरहेको छ । बैंकको देशभर फैलिएको सञ्जाल, आधुनिक बैंकिङ समाधान, तथा आर्थिक विकासमा पुर्याएको योगदानका कारण बैंकले लाखौं नेपालीहरुका लागि विश्वसनीय बैंक बनेको छ । डिजिटल बैंकिङ, कृषि तथा व्यावसायिक वित्तीय सेवा, तथा प्रभावकारी व्यवस्थापनको कारण यस बैंकलाई नेपालको वित्तीय क्षेत्रमा अग्रणी स्थानमा राख्न सकिन्छ ।



































