National life

रिलायबल नेपाल लाइफको नाफामा वृद्धि , अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
653Shares
रिलायबल नेपाल लाइफको नाफामा वृद्धि , अन्य सूचक कस्ता ?
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो ६ महिनामा २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ५ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४६ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चुक्तापुँजी चार अर्ब रुपैयाँ देखिन्छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा आठ अर्ब ४३ करोड रुपैयाँ रहेको छ भने एक अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

अभिकर्ता कमिशन बापत रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २१ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । हाल कम्पनीको

अर्निङ पर शेयर ११.५५ रुपैयाँ रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?