National life

सूर्यज्योति लाइफले मार्यो छलाङ्ग, खुद नाफामा ६३ % को वृद्धि ,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ माघ २०८०, सोमबार
779Shares
सूर्यज्योति लाइफले मार्यो छलाङ्ग, खुद नाफामा ६३ % को वृद्धि ,अन्य सूचक कस्ता ?
ncell

काठमाडौं। सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको बित्तिय विवरण प्रकाशित गरेको छ। आज प्रकाशित गरेको बित्तिय विवरण अनुसार कम्पनीले यस अवधिमा नाफामा ठुलो छलांग मारेको छ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्ष भन्दा ६२.९३ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक बर्षको यसै अवधिमा कमपनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै ,कम्पनीले यस अवधिमा ४ अर्ब १५ करोड रुपैयाँ खुद बिमा शुल्क संकलन गर्न सफल भएको छ। जुन गत वर्षको भन्दा ६३.५९ प्रतिशतले बढी हो। समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ७०.०१ प्रतिशत बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको यस अवधिमा चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०२ पैसाले बढेर १० रुपैयाँ ४१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ ।

 

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?