काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको अधिकांश वित्तीय सूचक अब्बल देखिएका छन् । पछिल्लो दशकदेखि लगानीकर्तालाई निकै राम्रो लाभांश दिंदै आएको नेपाल लाइफ हरेक वर्ष मजबुत बन्दै गएको देखिएको छ । वित्तीय रिपोर्टहरु अरु बीमा कम्पनीको भन्दा धेरै अगाडि छ ।
मर्जरमा गएका कम्पनीहरुले पनि नेपाल लाइफलाई भेट्न सकेका छैनन् ।
हरेक वर्ष नम्बर १ को ताज लगाएको यस कम्पनी अबका वर्षमा पनि पहिलो नै हुने निष्चित नै देखिन्छ । यस्तो हुनुमा कम्पनीको समग्र वित्तीय अवस्था, शाखा सञ्चाजल, व्यवस्थापन, ग्राहकको विश्वास पनि हो । त्यसैगरी, अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको छ ।
नेपाल लाइफ, कम्पनी ऐन २०५३ र बीमा ऐन २०४९ अन्तर्गत २०५८ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको थियो । सञ्चालनको २२ वर्ष भित्र कम्पनीले उत्कृष्ट व्यापार रेकर्ड कायम गरेको छ र बलियो वित्तीय स्थिति छ ।
कम्पनीले प्रख्यात पुनर्बीमा कम्पनी ‘ह्यानोभर रि लाइफ रिन्स्योरेन्स कम्पनी’, जर्मनी र ‘नेपाल पुनर्बीमा कम्पनी लिमिटेड’, नेपालसँग आफ्नो बीमा गराएको छ ।
हाल कम्पनीको ३० लाख भन्दा धेरै पोलिसी होल्डर रहेका छन् । त्यसैगरी २०० भन्दा धेरै शाखा नेटवर्क रहेको कम्पनीले जनाएको छ । नेपाल भरी २ लाख ३० हजार भन्दा धेरै एजेन्ट मार्फत यस कम्पनीले सेवा प्रादन गरेको छ । यता, कम्पनी कारोबार एक्सिलेन्स, बेस्ट म्यानेज लाइन्फ इन्स्योरेन्स कम्पनी अवर्ड, न्यू बिज लगायत विभिन्न अवार्डबाट सम्मानित भएको छ ।
वित्तीय सूचक
लगानी तथा कर्जाबाट ३ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब २२ करोड आम्दानी गरेको थियो । तथ्यांक अनुसार हाल यसको कुल दावी भुक्तानी ६९ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । यता, मृत्यु वापतको दावी भुक्तानी ५ अर्ब ६८ करोड रुपैयाँ छ । जीवन बीमा कोष (ग्रस इन्स्योरेन्स कन्ट्याक्ट लियावलिटीज) को आकार १ खर्ब ७५ अर्ब २१ करोड रुपैयाँ छ ।
गत साउनदेखि असोजसम्म कम्पनीको फरेन पोर्टफोलियो इन्भेष्टमेन्ट (एफपीआई) १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ७९ करोड ३३ लाख रुपैयाँ रहेको देखिएको छ । यता, शेयर प्रिमियममा भने ४ करोड ३८ लाख रहेको छ । असोजसम्म यसको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा र प्रतिशेयर नेटवर्थ भने १२४ रुपैयाँ ७२ पैसा रहेको छ ।

लाभांश
कम्पनीले आर्थिक वर्ष २०६८–६९ मा सबै भन्दा धेरै १२६.३१ प्रतिशत लाभाश दिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६–७७ मा भने १४.७३ प्रतिशत लाभांश दिएको छ । यसले पछिल्लो १० वर्षमा कुल ५४५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । नेपाल लाइफले मर्जर नगरी बीमा प्राधिकरणले तोकेको ५ अर्ब पूँजी पुर्याउन सफल भएको हो ।

प्राविधिक विश्लेषण
एमएसीडी लाइन पनि पोजेटिभ नै छ । अहिले एमएसीडी लाइन सिग्नल लाइन भन्दा माथि छ । जबसम्म यसैगरी यो इन्डिकेटरले संकेत गर्छ तबसम्म यसको भाउ बढ्ने देखिन्छ ।
यता, कारोबार रकम पनि बढ्न सुरु गरेको छ । लगानीकर्ताको रोजाइमा वर्षौदेखि पर्दै आएको यो कम्पनीले जीवन बिमा समूहबाट बुल लिड गर्ने विश्लेषकहरुले बताएका छन् ।
कम्पनीको भाउ गत बुलमा धेरै बढेको थिएन । निकै साइडवेजमा रहेको हुनाले अब बढ्ने दखिएको हो ।

































