National life

निर्माण क्षेत्रमा वाणिज्य बैंकहरुको २ खर्ब १९ अर्ब लगानी : कुन बैंकको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१० फागुन २०८२, आइतबार
1.4kShares
निर्माण क्षेत्रमा वाणिज्य बैंकहरुको २ खर्ब १९ अर्ब लगानी : कुन बैंकको कति ? (सूचिसहित)
ncell

काठमाडौं। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा निर्माण क्षेत्रमा कुल २ खर्ब १९ अर्ब ८० करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन्। यो रकम गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा १०.६७ प्रतिशतले बढी हो। गत आवमा वाणिज्य बैंकहरुले देशको निर्माण क्षेत्रमा १ खर्ब ९८ अर्ब ६० करोड ८३ लाख रुपैयाँ लगानी गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूको निर्माण क्षेत्रमा लगानी क्रमशः विस्तार हुँदै गएको देखिन्छ, जसले पूर्वाधार, आवास तथा भौतिक संरचना विकासमा वित्तीय क्षेत्रको सक्रियता बढेको देखाएको छ। चालु आवको पुस मसान्तसम्म निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकको रूपमा नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले २५ अर्ब २२ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ, जुन गत आवको सोही अवधिको २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँको तुलनामा २.७६ प्रतिशतले बढी हो।

त्यसैगरी, दोस्रो स्थानमा लक्ष्मी सनराइज बैंक रहेको छ। बैंकले २४ अर्ब १५ करोड २७ लाख रुपैयाँ निर्माण क्षेत्रमा लगानी गरेको छ। गत वर्षको सोही अवधिमा १९ अर्ब ९ करोड रुपैयाँ लगानी गरेको उक्त बैंकले यस वर्ष २६.५१ प्रतिशतले लगानी वृद्धि गरेको हो।

निर्माण क्षेत्रमा धेरै लगानी गर्ने तेस्रो बैंकका रूपमा एनआईसी एशिया बैंक रहेको छ। बैंकले २२ अर्ब १६ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ। यद्यपि, यो रकम गत आवको सोही अवधिको २२ अर्ब २८ करोड ४६ लाख रुपैयाँको तुलनामा ०.५१ प्रतिशतले कम हो। अन्य बैंकहरूको लगानी विवरण हेर्दा, नेपाल बैंक ले ३ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक ले ४ अर्ब २५ करोड रुपैयाँ लगानी गरेका छन्।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) को ७ अर्ब ८७ करोड ७१ लाख रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंक नेपाल को ८ अर्ब ७३ करोड १३ लाख रुपैयाँ, हिमालयन बैंकको २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ र नेपाल एसबीआई बैंक को ८९ करोड ३८ लाख रुपैयाँ लगानी रहेको छ।

यता, एभरेष्ट बैंक ले ४ अर्ब ७८ करोड २२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंक ले १० अर्ब ७३ करोड ५६ लाख रुपैयाँ, कुमारी बैंक ले १५ अर्ब ५७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन्। यसै अवधिमा सिद्धार्थ बैंक को ३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ, कृषि विकास बैंक को १२ अर्ब ५० करोड रुपैयाँ, ग्लोबल आईएमई बैंक को १० अर्ब ४ करोड २० लाख रुपैयाँ लगानी रहेको छ।

यस्तै, सिटिजन्स बैंक ले १८ अर्ब ११ करोड ६३ लाख रुपैयाँ, प्राईम कमर्सियल बैंक ले १४ अर्ब ९६ करोड ७७ लाख रुपैयाँ, एनएमबी बैंक ले ७ अर्ब १४ करोड ५० लाख रुपैयाँ, प्रभु बैंक ले १५ अर्ब १६ करोड ६३ लाख रुपैयाँ र सानिमा बैंक ले ७ अर्ब ५३ करोड ८१ लाख रुपैयाँ निर्माण क्षेत्रमा लगानी गरेका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?